site stats
बाह्रखरी :: Baahrakhari
देश
ताक्लाकोटमा एक नेपालीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

सिमकोट, (हुम्ला) । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । 

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्‍याइने भण्डारीले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्