site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टाइगर कपमा विदेशी खेलाडी पनि

पोखरा । टाइगर कप भलिबल प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता रहने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका महिला र पुरुष दुवै टिममा तीन/तीन भारतीय खेलाडीले सहभागिता जनाउने जानकारी गराइयो ।

प्रतियोगिता सोमबार (भोलि)देखि पोखरामा सुरु हुँदै छ । भारतीय राष्ट्रिय भलिबल टिमका कप्तान विनीतकुमार चौधरीसहितका तीनजना समेत प्रतियोगितामा सहभागी हुनेछन् ।

Dabur Nepal
NIC Asia

टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले अरू टिममा पनि विदेशी खेलाडीको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ भारतको हरियाणा क्लबसहित चन्द्रागिरि नगरपालिका, न्यु डायमन्ड स्पोर्ट्स क्लब, आयोजक गण्डकी प्रदेश र तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले बताए ।

पुरुषतर्फ श्रीलंकन टिमसहित तीन विभागीय त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र आयोजक टिम प्रतिस्पर्धामा उत्रँदै छन् ।

महिला र पुरुष दुवैतर्फका विजेताले पाँच लाख ५५ हजार ५५५, उपविजेताले दुई लाख ५५ हजार ५५५ र तेस्रो हुने टिमले एक लाख २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विद्यागततर्फ उत्कृष्टले १५ हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिता ‘लिग कम नकआउट’का आधारमा सञ्चालन गरिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro