-1705079975.jpg)
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७९।८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
२०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयर प्रिमियम वापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी अन्य सञ्चित रकमबाट सेयरधनीलाई चुक्तापुँजी चार अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको अधिकृत पुँजी सात अर्ब र जारी तथा चुक्तापुँजी चार अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई पाँच अर्ब दुई करोड ७० लाख कायम हुने छ ।