site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेश लगानी सम्मेलन : सोकेसमा ७१ परियोजना

विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ । 

प्रदेश राजधानी विराटनगरमा बिहीबार र शुक्रबार (वैशाख १८ र १९) गते लगानी सम्मेलन हुँदै छ । सम्मेलनको सबै तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
यसअघि सम्मेलनमा ५४ योजना सोकेसिङ गर्ने प्राधिकरणले घोषणा गरेको थियो  । तर, १७ वटा योजना थप गरी अब ७१ वटा सोकेसिङ हुने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

उनले भने, “सबै योजना एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका हुनेछन् ।”  उद्योग, पूर्वाधार, कृषि, पर्यटन, उर्जा, आईटीलगायत क्षेत्र समेटिएको जानकारी दिँदै कोइरालाले दुई दर्जनभन्दा धेरै परियोजनामा सम्मेलनकै दौरान सम्झौता (एमओयू)  हुने बताए ।
 
प्रदेश सरकारले यी परियोजनालाई सफल बनाउन आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरेको कोइरालाको दाबी छ । 

“लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता र गैरआवासीय नेपालीको सहभागिता हुनेछ,” कोइरालाले भने, “स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ ।”

लगानी सम्मेलनलाई मध्यनजगर गर्दै कोसी सरकारले मंगलबार विभिन्न आठवटा ऐनलाई संशोधन गर्न बनेको विधेयकसमेत पारित गरी राजपत्रमा प्रकाशन गरिसकेको छ ।  सम्मेलनमा लगानी सम्भावित क्षेत्रमा विभिन्न छलफल सत्रसमेत संचालन हुँदै छन् ।
 
कृषि र पर्यटनमा कोसी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ । यसमा विषय विज्ञहरूको प्रस्तुतिकरणमाथि छलफल हुने बताइएको छ ।
 
परियोजनाको विकास, संचालन र व्यवस्थापनलाई सहज गर्न एकद्वार प्रणाली लागु गर्ने योजनासाथ ऐनहरू संशोधन गरिएको कोसीका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले बताए । 

उनले भने, “स्थानीय र प्रशासनिकस्तरका बाधा अड्चन फुकाउन ६ बुँदे नीतिगत प्रतिवद्धता समेत सार्वजनिक गरेका छौँ ।” लगानी सम्मेलन विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro