site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फोन पे’को क्यूआरमा भुक्तानी नहुने समस्या

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेमा समस्या देखिएको छ । बुधबार बिहानदेखि फोन पेको क्यूआर कोडमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको हो ।

विभिन्न बैंकको क्यूआरमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको फोन पेका चिफ अपरेटिङ अफिसर (सीओओ) पारस कुँवरले बताए । फोनको नम्बरबाट भुक्तानी गर्दा भने भुक्तानी भइरहेको उनले बताए ।

वालेटहरूमा रहेको फोन पेको क्यूआरमार्फत पनि भुक्तानी भइरहेको भएपनि बैंकिङ क्यूआरमा समस्या आएको सीओओले बताए ।

फोन पेका सीओओ कुँवरले बाह्रखरीसँग बोल्दै समस्या आएको थाहा पाउने बित्तिकै समाधानका लागि टिमले काम गरिरहेको र केहीबेरमै समाधान हुने बताए ।

क्यूआर स्क्यान गर्दा फोन पेसँग हुनुपर्ने सम्पर्क स्थापित हुन नसकेर भुक्तानी नभएको र फोन पेको इन्टरनल सर्भरमा समस्या आएर आएको उनले बताए । समस्या गम्भीर किसिमको नभएकाले चाँडै समाधान हुने फोन पेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro