अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंकले मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मधेस प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्य चौकीमा १७० र गण्डकीको म्याग्दीस्थित अन्नपूर्ण गाँउपालिका–६, पोखरे आधारभुत विद्यालयमा १८० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्