site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, जामिरगाडाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Argakhachi Cement Island Ad

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्