साहित्य
सुर्यनारायण एच पेलिस
बिदाइको खुशी छ खुशीको बिदाइ छ
घर छोड्दा तिनलाई बधाई नै बधाई छ ।
बचेरा उडेपछि गुँडको भार सकियो
रल्लिन्न बिग्रन्न अब भन्ने बुझाइ छ ।
देशको माया गीतले बोल्छ सुने भै’गो
भिसाको ठप्पाले मनमा हर्षबढाइ छ ।
बनेन किन मुलुक दुईचार सपुत मरेर
शान्तिले बाँच्न परदेशकै रोजाइ छ ।
ठूलालाई यहाँ सधैँ कोखाइ कोखाइ छ
अरूलाई साँढेजुधाइ बाच्छो मिचाई छ ।
(म्याग्दे–६, तनहुँ)
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० ०८:०६
प्रतिक्रिया दिनुहोस्