site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य आवश्यक : बाबुराम भट्टराई 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरेर अघि बढ्न सके संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन् । 

राजनीति बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएकोमा उनको जोड छ । 

भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरू सल्वलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा संकिर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नसक्नु पर्ने बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि कांग्रेस र कम्युनिष्ट रूखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro