site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक

काठमाडौं । पशुपति घिमिरे लिखित दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

अमेरिकाको रिचमन्ड, भर्जिनियामा लेखक घिमिरेसँगै सिनेटर स्कायलर टी. भ्यान भाल्केनबर्ग, रिचमन्ड भर्जिनियाका नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, असीम राजभण्डारी, रूकेश पोखरेल, घनेन्द्र लामिछाने र रोशन घिमिरेले पुस्तक लोकार्पण गरे ।

लेखकका अनुसार, ‘वान्डरिङ वर्डस’ १८ यात्रा निबन्धको संग्रह हो । यसमा एसिया, युरोप र उत्तर अमेरिकाका १० देशको यात्रा उल्लेख छ । यसभित्र लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेदेखि सोफोक्लिस, सुकरात र शेक्सपियरसम्मका प्रसंग समेटिएको छ ।

नेपालमा करिब एक दशकसम्म काम गरेका पत्रकार घिमिरेले सन् २०१३ मा पहिलो पुस्तक ‘बुद्धवादका तीन आयाम’ ल्याएका थिए । त्यसपछि यो पुस्तक उनको दोस्रो कृति हो । 

घिमिरेका अनुसार, ‘थ्री डाइमेन्सन्स अफ बुद्धिज्म’ २०१३ को नेपाली प्रकाशन ‘बुद्धवादका तीन आयाम’को अंग्रेजी अनुवाद हो । यसमा बौद्ध धर्म, दर्शन, इतिहास, र साहित्यमा विस्तृत रूपमा अन्वेषण गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro