site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाश शर्माले भने– सरकारको प्रवृत्ति समर्थनयोग्य छैन 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको बताएका छन् ।

“नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

Argakhachi Cement Island Ad

उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नु पर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् । कार्यशैली नबदलिए सरकार नै बदलिने उनले संकेत गरेका छन् । 

“कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ,” शर्माले भनेका छन्, “सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !”

bishwo-1744786504.JPG
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्