site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘स्रष्टा चैत्र ३०’ सम्मानबाट दुई सर्जक सम्मानित

काठमाडौं । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदान स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले यस वर्षको सम्मान साहित्यकारहरू प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बालाई प्रदान गरेको छ ।

सम्मानित सर्जकहरूले सृजनाकर्मबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र सोको संस्थागत विकासमा निर्वाह गरेको रचनात्मक भूमिकाको कदर गर्दै सो सम्मान प्रदान गरिएको अभियानले जनाएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले सर्जकहरूलाई सम्मानित गरे । डा. भट्टराईले निरंकुुशताले क्रमशः टाउको उठाउँदै जान खोजेको अवस्थामा स्रष्टाका आन्दोलनलाई सम्झनु भनेको स्रष्टाहरूको योगदान र जिम्मेवारीको बोध रहेको बताए ।

कार्यक्रमका साहित्यकार सुलोचना मानन्धरले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भलाई लिएर स्रष्टा आन्दोलनबारे चर्चा गरिन् ।

अभियानका अध्यक्ष मनोज न्यौपानेले स्रष्टा आन्दोलनलाई निरन्तरता दिनु संस्थाको उद्देश्य रहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro