site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित 

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको हो ।

बुधबार मुलपानीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।  

नेपालको जितमा साहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौका प्रहार गरे । कप्तान नरेन भट्टले २३ बलमा आठ चौकासहित ३९ रन बनाए । निरज कुमार यादवले १२ बलमा चार चौकासहित २३ रन थपे । 

हङकङका सयान पुरीले एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको हङकङले ४६.२ ओभरमा १० विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । 

हङकङका शिव माथुरले ११६ बलमा ६३ रन बनाए । आर्या पञ्जवानीले १३ र वीर माथुरले १२ रन जोडे । 

हङकङलाई सस्तैमा समेट्न युवराज खत्रीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले १८ रनमात्र खर्चिए । विपीनप्रसाद शर्माले तीन विकेट लिँदा सन्तोष यादवले दुई विकेट लिए ।
 
यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

नेपालले शनिबार अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro