site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुललाई शीर्ष स्थानमा तीन अंकको अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्युक्यासल युनाइटेडविरुद्ध ४–२ को जित निकाल्दै लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।

सोमबार राति घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई र कर्टियस जोन्स र कोडी गाक्पोले समान एक गोल गरे । न्युक्यासलका एलेक्सजान्डर इसाक र सेभेन बोनम्यानले गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

२२औँ मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

४९औँ मिनेटमा सलाहले नै लिभरपुललाई अग्रता दिलाएका थिए । लिभरपुलको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै इसाकले गोल गर्दै न्युक्यासललाई बराबरीमा ल्याए ।

Global Ime bank

७४औँ मिनेटमा जेन्सले गोल गर्दा लिभरपुल २–१ ले अगाडि बढ्यो । त्यसको चार मिनेटपछि नै गाक्पोले घरेलु टोलीका निम्ति तेस्रो गोल गरे ।

न्युक्यासलका बोनम्यानले ८१औँ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा सलाहले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।

जितसँगै लिभरपुलले तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ । लिभरपुलले २० खेलबाट ४५ अंक जोडेको छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ । समान खेलबाट २९ अंकको न्युक्यासल नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement