site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मदरसाका प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको नरैनापुर गाउँपालिका–२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरूबाट अख्तियारले १८ लाख तीनहजार ७४१ रुपैयाँ बिगो दाबी गरेको छ । 

जिल्ला शिक्षा कार्यालय बाँकेबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा १८ लाख तीन हजार ७४१ रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro