site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नटिंघम फरेस्टसँग युनाइटेड स्तब्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नटिंघम फरेस्टले म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ को जित निकालेको छ ।

शनिबार राति सिटी ग्राउन्डमा सम्पन्न खेलमा नटिंघमलाई जित दिलाउन निकोलस डोमिगेज र मोर्गन गिब्स–ह्वाइटले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले गोल गरे पनि टिमको हार टार्न भने सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ६४औँ मिनेटमा डोमिगेजले गोल गर्दै घरेलु टिम नटिंघमलाई अग्रतामा राखेका थिए । ७८औँ मिनेटमा रासफोर्डले गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो । तर, ८२औँ मिनेटमा गिब्स–ह्वाइटले गरेको गोल निर्णायक बनेपछि नटिंघमले २–१ को जित सुनिश्चित गरेको हो ।

जितसँगै २० खेलबाट २० अंक जोडेको नटिंघम तालिकाको १५औँ स्थानमा उक्लिएको छ । नटिंघम रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अघि छ । समान खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ ।

Global Ime bank

शनिबार राति नै भएको अन्य चेल्सीले लुटोन टाउनविरुद्ध ३–२ को, एस्टोन भिल्लाले बर्न्लीविरुद्ध ३–२ को, क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ को र वुल्भ्सले एभर्टनविरुद्ध ३–० को जित निकालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !