site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भाइचुङ र दयाहाङले गरे नेपाल सुपर लिगको ट्रफी सार्वजनिक 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको विजेताले पाउने ट्रफी भारतीय फुटबल लेजेन्ड भाइचुङ भुटिया र नेपाली कलाकार दयाहाङ राईले सार्वजनिक गरेका छन् । 

शुक्रबार दशरथ रंगशालामा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा भारतीय टिमका पूर्वकप्तान भुटिया र कलाकार राई, नेपाली टिमका पूर्व–कप्तान राजुकाजी शाक्य, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष अश्रयता कार्की चौधरी लगायतले ट्रफी सार्वजनिक गरेका हुन् । 

Dabur Nepal
NIC Asia

यसअघि प्रतियोगिताका दौरान फ्रेन्च फुटबल स्टार डिडियर ड्रोग्बालाई ल्याउने चर्चा रहे पनि उनको तालिका नमिल्दा यस सिजन नआउने भएको आयोजकले जनाए । दोस्रो संस्करणको फाइनल शनिबार हुँदैछ । 

उपाधिका लागि साविक उपविजेता समेत रहेको धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । फाइनलमा धनगढी पहिलो प्लेअफ र ललितपुरले दोस्रो प्लेअफ जित्दै स्थान बनाएका हुन् । धनगढीले पहिलो प्लेअफमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । 

ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले र दोस्रो प्लेअफमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro