site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब ११ बजे भरतपुर महानगरपालिका–१२, मिलनचोकमा बा.प्र.०३–००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । उनी भरतपुर–११, घोलबजारमा बस्दै आएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

सो भ्यान नियन्त्रणमा लिइएको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro