site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अतिरिक्त समयमा धकेलियो पोखरा र ललितपुरबीचको दोस्रो क्वालिफायर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको दोस्रो क्वालिफायर अतिरिक्त समयमा धकेलिएको थियो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले अग्रता बनाए पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्रणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे ।

Dabur Nepal
NIC Asia

तर, ७२औँ मिनेटमा स्टेफन कोजो पापा एनोरले गोल गर्दै पोखरालाई खेलमा फर्काए । जोए आइडुले राइट साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडर गोल गरे ।

यसपछि निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो ।

त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

खेलको ६६औँ मिनेटमा खेलका मुख्य रेफ्री नै परिवर्तन भए । खेलको मुख्य रेफ्रीका रुपमा रहेका फिफा रेफ्री नविन्द्र महर्जनको स्थानमा चौथो अफिसियलको रुपमा रहेका राम दासनले त्यसपछिको खेल खेलाएका हुन् । यसपछि महर्जनले चौथो अफिसियलको भूमीका निभाएका थिए ।

एनएसएलमा रेफ्री परिवर्तन भएको यो दोस्रो पटक हो । यसअघि लिग चरणअन्तर्गत धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा रेफ्री परिवर्तन भएको थियो ।

यसअघि पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएपछि पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यता, ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको धनगढीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro