site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेरामक्सका लागि पैसा पठाउनेदेखि लेबनानको कम्पनी छान्नुमा शंका छ : मनिष झा

काठमाडौं । प्रतिनिधिसभाका सांसद मनिष झाले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा विभिन्न शंकाको पाटो रहेको बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै  उनले टेरामक्सको आशय तथा उद्देश्य स्पष्ट नहुँदा शंका गर्ने ठाउँ रहेको बताएका हुन् ।

टेरामक्सका लागि आवश्यक हार्डवयर एवं सफ्टवेयर खरिदमा गरेको अग्रिम भुक्तानी पनि शंकास्पद भएको उनको भनाइ छ । राष्ट्र बैंकको निर्देशन विपरीत अन्तर्राष्ट्रिय कारोबारको अनुमति नलिएरै कति पैसा पठाइयो र अदालतको निर्णयविरुद्ध समेत मन्त्रालयले कसरी बजेट दियो भन्नेमा सांसद झाले प्रश्न गरेका छन् ।

बैठकमा बोल्दै उनले भने, “हार्डवेयर ल्याउने, सफ्टवेयर नेपाली ल्याउने भन्यौं । यसको ठेक्का लेबनानको कम्पनीलाई किन दिइयोरु नेपालकै आइटी कम्पनीसँग किन नगर्ने ? ६ वर्षपछि पुनः त्यही कम्पनीसँग त्यहीँ पूरानै फिचरको प्रविधि किन किन्ने ?”

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro