site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कति कार्बन उत्सर्जन हुन्छ भन्ने तथ्यांक छैन : मन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोग नेपालले खर्च गर्न नसकेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८)को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा उनले यस्तो बताएका हुन् । 

उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दा समेत नेपालले खर्च गर्न नसकेको बताए । उनले सिएफ फाउन्डेसनले तीन वर्षअघि जलवायु न्यूनीकरणका लागि ४६ करोड रुपैयाँ दिए पनि अहिलेसम्म सरकारले खर्च गर्न नसकेको बताए । अहिले तलव, गाडी र भत्तामा खर्च गरी ३५ करोडमा झरिसकेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

उनले जलवायु परिवर्तनबाट भएका असर न्यूनीकरणका लागि विदेशीको मात्रै मुख ताक्ने नभइ आफूले पनि पहलकदमी थाल्नुपर्ने आवश्यकता औंल्याए । 

उनले कतिपय स्थानमा भएका कानुनी जटिलता खुलाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्यांक नै नरहेको बताए । उनले तथ्यांक संकलनका लागि गर्नुपर्ने खर्च सरकारले गर्न नसकेका कारण तथ्यांकबिहीन भएर मन्त्रालय बस्नुपरेको बताए । 

उनले भने, “हामीले कति कार्बन उत्सर्जन गरिरहेका छौँ भन्ने मन्त्रालयसँग डाटा छैन । हामीले दाबी गर्ने ठाउँ कहाँ–कहाँ छन् ? अहिलेसम्म तथ्यांक छैन,” उनले भने, “हामीले यसमा काम गरेका छैनौँ । त्यसको लागि हामीसँग पैसा चाहिन्छ, टेक्नोलोजी र विज्ञ चाहिन्छ । त्यसको छुट्टै डिपार्टमेन्ट चाहिन्छ ।”

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको विषय उठ्नु सकारात्मक भएको बताए ।  कोप २८ मा पहिलो हप्तामा अधिकांश सहमति जुट्न नसके पनि मन्त्रीस्तरीय बैठकबाट भने अधिकांश मुद्दाहरूमा सहमति भएको बताए । 

पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र यसबारेमा जिएस्टीको रिपोर्टमै ‘टेक्स्ट’ भएर आउनुले पर्वतीय मुद्दाहरूको विषय पेचिलो बनेको बताए । पर्वतीय मुद्दाले विशेष स्थान पाउनुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको तर्फबाट उठाइएको विषय प्रमुख कारण रहेको उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro