site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलको नतिजाका लागि ३४ पेनाल्टी प्रहार भएपछि...

काठमाडौं । इजिप्टको एक फुटबल खेलको नतिजाका लागि ३४ पेनाल्टी प्रहार भएका छन् । सोमबार इजिप्सियन सुपर कपको रोमाञ्चक सेमिफाइनलमा मोर्डन फ्युचरले पिरामिड्सलाई पेनाल्टी सुटआउटमा १४–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

खेलको निर्धारित समय गोलरहीत बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा दुवै टिमले कुल ३४ पटक प्रहार गरेका हुन् । पेनाल्टीमा मोर्डन फ्युचरका तीन र पिरामिड्सका प्रहार गोलमा परिणत हुन सकेन । यो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित मोहम्मद बिन जयेद रंगशालामा भएको थियो ।

Dabur Nepal
NIC Asia

मोर्डन फ्युचरले अब उपाधिका लागि अल अह्ली वा सेरामिका क्लेओपाट्रासँग खेल्नेछ । 

हालसम्म विश्व फुटबलमा सबैभन्दा धेरै पेनाल्टी गत वर्ष इंग्ल्यान्डको एक स्थानीय खेलमा भएको थियो । वासिङ्टन एफसी र बेड्लिङटोन टेरियर्सबीच भएको उक्त खेलमा कुल ५४ पेनाल्टी प्रहार भएका थिए । जसमा वासिङ्टन एफसीले बेड्लिङटोन टेरियर्सलाई २५–२४ ले पराजित गरेको थियो । 

यस्तै, सन् २००५ मा भएको नामिबियन कपअन्तर्गत केके प्यालेस र सिभिक्सबीचको खेलमा पनि कुल ४८ पेनाल्टी प्रहार भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro