site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा धनगढीविरुद्ध पोखराको अग्रता 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पोखरा थन्डर्सले साविक उपविजेता धनगढी एफसीविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पाँच मिनेटमा नै पोखराले अग्रता बनाएको हो । पाँचौँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरलाई अग्रतामा राखेका हुन् । मोसेस त्वमले लेफ्ट साइडबाट गरेको क्रसलाई धनगढीको रक्षकले क्लियर गर्न नसक्दा अनमार्क रहेका आयुशले ६ यार्ड बक्सबाट बललाई सहजै पोस्टको दिशा दिए ।

आठौँ मिनेटमा पोखराको अग्रता दोब्बर बनाउने सुनौलो अवसर धनगढीका गोलकिपर मोहम्मद ताहा बाधक बने । आयुश घलानले पेनाल्टी बक्सभित्रबाट तीन रक्षकलाई चकित पार्दै निकालेको ‘ब्याक पास’ मा दीपेश आले मगरको प्रहारलाई ताहाले उत्कृष्ट बचाउ गरे ।

Dhangadhi-Pokhara-1703508543.jpg

१९औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहार पोस्ट नजिकबाट बाहिरियो । स्टेफन पापा एनोरले लेफ्ट साइडबाट गरेको क्रसमा त्वमको ‘भली’ सेकेन्ड बार नजिकबाट बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

२४औँ मिनेटमा अहमद हिजाजीको हेडरमा पोखराका नरेन्द्र चौधरी बाधक बन्दा धनगढी बराबरीमा फर्किन सकेन । अभिषेक गुरुङको राइट साइडबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका अहमद हिजाजीको हेडरलाई गोललाइनबाट नरेन्द्रले छातीले रोक्दै धनगढीको खेलमा फर्किने प्रयासलाई सफल बन्न दिएनन् ।

३१औँ मिनेटमा जोए आइडुको फ्रिकिकमा पुनः धनगढीका गोलकिपरले उत्कृष्ट बचाउ गरे । धनगढीका कप्तान देवेन्द्र तामाङको ह्यान्ड भएपछि पेनाल्टी बक्स बाहिरबाट फ्रिकिक पाएको थियो । जसमा आइडुको लोअर प्रहार राइट साइडमा ताहाले डाइभ हान्दै बललाई जोगाएका थिए । सोही बल पोस्टमा ठोक्किएर रिबाउन्ड आउँदा पोखराका मोसेस त्वम प्रहारका लागि पुगे पनि पुनः ताहाले बललाई नियन्त्रणमा राख्दै खतरा टारे ।

लिग चरणबाट नवीन न्यौपानेको टोली पोखरा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आइपुगेको हो । पोखराले आठ खेलमध्ये चारमा जित निकाल्दा तीनमा बराबरी र एक खेलमा हारको नतिजासहित १५ अंक जोडेको थियो । 

1-Dhangadhi-Pokhara-1703508545.jpg

दोस्रो स्थानको धनगढीले समान खेलबाट तीन जित, चार बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेको थियो । धनगढीले एनएसएलको पहिलो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि काठमाडौं रेजर्ससँग पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्ने छ । र, हार्ने टिमले भने दोस्रो प्लेअफको मौका पाउने छ ।

हार्ने टोलीले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro