site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फस्टायो विद्युतीय गाडीको व्यापार, गत वर्षको तुलनामा तीन गुणा बढी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा तीनहजार ६८६ विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांकानुसार यो अवधिमा विद्युतीय जिप, कार र भ्यान गरी ९ अर्ब १० करोड ६४ लाख ३६ हजार रुपैयाँ बराबरका गाडी नेपाल भित्रिएका हुन् ।

यी गाडीबाट सरकारले चार अर्ब २ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

पाँच महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल भित्र्याइएको छ ।

पाँच महिनामा ५० किलोवाटसम्मका एकहजार ५९५, १०० किलोवाटसम्मका दुईहजार २८, २०० किलोवाटसम्मका ५२ र त्यसभन्दा माथिका ११ ईभी नेपाल आयात भएको छ ।

गत वर्षको तुलनामा करिब तीन गुणा बढी आयात

पछिल्लो पाँच महिनामा भएको ईभी आयात गत आर्थिक वर्ष २०७९/८० को यसै अवधिको तुलनामा झन्डै तीन गुणा बढी हो ।

गत वर्षको यसै अवधिमा तीन अर्ब ८२ करोड रुपैयाँ बराबरका एकहजार ३५३ ईभी आयात भएको थियो । त्यसबाट सरकारले करिब एक अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro