site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मिस वर्ल्डमा नेपाली संस्कृति र वातावरण झल्कने पहिरन प्रयोग गर्छु’  

काठमाडौं । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने उनको भनाइ छ । उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकाले  सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।

शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित संचालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकाले प्रयोग गर्नु पर्नेमा जोड दिइन् । 

Argakhachi Cement Island Ad

“म नेपाली बुटिकहरूकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मूल्य सुहाउदो र सबैले तिर्नसक्ने हुन्छ”, उनले भनिन् “बुटिकमा आफूले चाहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।” 

अहिलेको युवा पुस्ताले नेपाली कल्चर पहिरन प्रयोग गर्दा गौरव महसुस हुने उनको भनाइ छ । त्यसैले आफू नेपाली पहिरनमा रमाउने गरेको उनको भनाइ छ । 

प्रधान अहिले ‘मिस वर्ल्ड’को तयारीमा छिन् । ‘मिस वर्ल्र्ड’को प्लेटर्फममा पनि आफूले नेपाली विभिन्न कलासंस्कृति र वातावरण झल्कने पहिरन प्रयोग गर्ने बताएकी छन् । यसका लागि उनले नेपाली डिजाइनर र आईआईएफटी स्कूल अफ फेसनसँग छलफल गरिरहेकी छन् । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्