site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,” परिपत्रमा लेखिएको छ, “कोही कसैले यस परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”

af-1703222855.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्