site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कहाँ चुक्यो इलाम ?

काठमाडौं । ललितपुर सिटी एफसीविरुद्ध जित निकाले पनि स्पोर्टिङ इलाम डे मेची एफसीका लागि त्यो पर्याप्त थिएन । मंगलबार इलामले ललितपुरविरुद्ध १–० को जितसहित नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण टुंग्यायो । 

यो जितले इलामको प्लेअफ समीकरणमा खास प्रभाव पारेन । इलाम आफ्नो अन्तिम खेलअगावै प्लेअफबाट बाहिरिने पहिलो टिम बनिसकेको थियो । तर, पूर्वेली क्लबसँगको हारले ललितपुरलाई भने ठूलै संकटमा धकेलेको छ । इलामसँग खेल्नुअघि ललितपुर प्रतियोगितामा अपराजित दुई टिममध्येको एक थियो ।

हारपछि ललितपुरलाई अन्तिम खेलमा जित्नै पर्ने दबाब थपिएको छ । ललितपुरले अब लिग चरणको अन्तिम खेलमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध खेल्नेछ । लिग चरण भए पनि दुवै टिमका लागि यो ‘नकआउट’ खेल बन्ने निश्चित छ । 

Dabur Nepal

ललितपुर र काठमाडौंको समीकरण जस्तो भएपनि मंगलबारबाट एनएसएलको दोस्रो संस्करणमा इलामको यात्रा समाप्त भएको छ । एनएसएलको लिग चरण समाप्त हुन अब ६ खेलमात्र बाँकी छन् । अर्थात् अबको ६ खेलपछि इलामले दोस्रो संस्करणमा पाएको स्थान थाहा हुनेछ । 

Ilam-team3-1703074248.jpg

पूर्वेली टिमको नतिजा आशाअनुरुपको हुन सकेन । इलामले टिमको कप्तानी जिम्मेवारी मार्की खेलाडी तथा राष्ट्रिय टिमबाट समेत खेलिसकेका गोलरक्षक विकेश कुथुलाई सुम्पिएको थियो । विकेश तीनै खेलाडी हुन्, जो अघिल्लो सिजन काठमाडौं रेजर्सले उपाधि जित्दा टोलीका कप्तान थिए । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विकेशले यसपटक इलामबाट स्टार थप्ने योजना रहेको बताएका थिए । 

“गत सिजन काठमाडौंबाट स्टार जित्यौं । यस पटक इलामबाट पनि स्टार जित्ने लक्ष्य छ । इलामले मलाई रोजेकोमा प्रशिक्षक र क्लबलाई धन्यवाद । म क्लबको विश्वास फिर्ता गर्नेछु,” विकेशले भनेका थिए ।

तर, विकेशले भनेझै इलामले यसपटक स्टार थप्न त सकेन नै, खराब नतिजाका कारण टोली प्रतियोगिता जारी रहँदा नै प्लेअफमा पुग्न नसक्ने पहिलो टिम समेत बन्यो ।

Ilam-team2-1703074248.jpg

कहाँ चुक्यो इलाम 
यसमा कुनै दुईमत छैन, एनएसएलको दोस्रो संस्करणमा इलाम सबैभन्दा रोमाञ्चक टिम थियो । प्रतियोगितामा वीरगन्ज र धनगढीविरुद्ध अग्रता जोगाउन नसक्दा हार बेहोर्नु नै इलामका लागि ‘टर्निङ’ प्वाइन्ट बन्यो ।

इलामले वीरगन्जविरुद्ध १–० को र साविक उपविजेता धनगढीविरुद्ध पहिलो हाफमै बनाएको २–० को अग्रता जोगाउन नसक्दा समान तीन अंक गुमाएको थियो । यी दुई खेलबाट ६ अंक पाएको भए इलामको स्थिति बेग्लै हुने थियो । 

“यस पटक एनएसएलले टिममा ६ जना विदेशी राख्न पाउने र पाँचजनालाई खेलाउन पाउने नियम ल्याएको थियो । तर, इलामले सायदै पाँच विदेशी खेलाडीलाई एकै खेलमा मैदान उतार्‍यो । हामी विदेशी खेलाडीमा चुक्यौं,” इलाम कहाँ चुक्यो ? भन्ने प्रश्नमा मुख्य प्रशिक्षक मेघराज केसीले यसरी सटिक प्रतिक्रिया दिए ।

Meghraj-Kc-1702554941.jpg

स्पष्ट धारणा राख्ने केसीले इलाम विदेशी खेलाडीबाट पाउनसक्ने काम लिन नसकेको बताउँछन् ।

“हाम्रो आठवटै खेलमा नेपाली खेलाडीको प्रदर्शनमा खोट लगाउने ठाउँ खासै देख्दिन । जति विदेशी खेलाडीहरूबाट हामीले काम लिन सक्नुपर्थ्यो । त्यति हामीले लिन सकेनौँ,” उनले थपे ।

दोस्रो संस्करणमा इलाम 
एनएसएलको इलामको यो ‘डेब्यू’ सिजन हो । पहिलो संस्करणमा सात टिमले प्रतिस्पर्धा गर्दा इलाम अस्तित्वमा नै थिएन । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा आठ खेलबाट आठ अंक जोडेको इलाम अहिलेलाई तालिकाको छैटौँ स्थानमा छ । इलामले आठ खेलमध्ये समान दुई खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्दा चार खेलमा भने हार व्यहोरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमै इलाम साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको इलामले तेस्रो खेलमा बुटवल लुम्बिनी एफसीविरुद्ध २–१ को हार व्यहोर्‍यो । चौथो खेलमा पोखरा थन्डर्ससँग १–० को हार बेहोर्दा इलामले पाँचौँ खेलमा साविक उपविजेता धनगढी एफसीलाई २–२ को बराबरीमा रोकेको थियो । 

Ilam-team3-1703074248.jpg

छैटौँ खेलमा वीरगन्ज युनाइटेड एफसीविरुद्ध २–१ को हार बेहोर्दा इलामले सातौँ खेलमा चितवन एफसीविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । र, अन्तिम खेलमा इलामले ललितपुरविरुद्ध १–० को जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्‍यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro