site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापा र धनगढीबीचको पहिलो हाफ गोलरहित बराबर 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा धनगढी एफसी र झापा एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफमा दुवै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् । खेलको पहिलो मिनेटमा नै झापाले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । 

धनगढीका अहमद सिजाजीले खेलको सुरुआत गर्दै बल रोहन कार्कीलाई पास दिएका थिए । तर, रोहनले डिफेन्डर डियाग्ने फालोउलाई दिएको निकै कमजोर पास नियन्त्रणमा लिँदै झापाका प्रशान्त लक्षमले बल अघि बढाए । 

लक्षमले ओर्गे सान्चेजलाई पास दिए पनि १८ यार्ड बक्समा ‘चिप’ गर्ने उनको प्रयास राम्रो हुन नसक्दा बल बाहिरिएपछि झापाले अग्रता बनाउन सकेन । तेस्रो मिनेटमा धनगढीका अहमेद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो । 

अभिषेक गुरुङको पासलाई नियन्त्रणमा लिँदै आशिष चौधरीले १८ यार्ड बक्सभन्दा निकै परबाट प्रहार गरेका थिए । तर, आशिषले बलसँग ‘कन्ट्याक्ट’ सही गर्न नसक्दा उनको प्रहारलाई पेनाल्टी बक्सका अहमेद हिजाजीले नियन्त्रणमा लिँदै भली प्रहार गरे पनि बल आकासिएको हो । 

छैटौँ मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि गोलकिपर स्टेफन कुपिकले खतरा टारे । २०औँ मिनेटमा झापाका गोलकिपर स्टेफन कुपिकले पुनः एकपटक टिमको खतरा टारे । रामचन्द्र वाजीले मध्यभाग बाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई झापाका गोलकिपर कुपिकले मुश्किलले बचाएका थिए । 

कुपिकबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे । २२औँ मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक झापाका गोलकिपर कुपिकले मुश्किलले जोगाए । अभिषेक गुरुङमाथि फाउल गरेपछि प्रशान्त लक्षमले फाउल गरेपछि लेफ्ट साइडमा पेनाल्टी बक्सभन्दा बाहिरबाट धनगढीले फ्रिकिकको अवसर पाएको थियो । जसमा कमलको प्रहारलाई कुपिकले पन्च गरि फ्याकिदिए । 

२४औँ मिनेटमा झापाले पुनः अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । राइट साइडबाट लक्ष्मण रुचालले निकालेको क्रसलाई बक्सभित्रका सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो । ४१औँ मिनेटमा झापाका सान्चेजको प्रहारमा धनगढीको गोलकिपर मोहम्मद ताहा बाधक बने । 

प्रशान्त लक्षमले मिडफिल्डबाट गरेको ‘स्विच’ नियन्त्रणमा राख्दै राइट साइड पेनाल्टी बक्सभित्रबाट सान्चेजले गरेको सशक्त प्रहारलाई ताहाले विफल बनाए । सोही रिबाउन्डमा झापाका लक्ष्मण रुचालले ‘एक्रोबेटिक’ को प्रयास गरे पनि बलसँग ‘कनेक्ट’ गर्न सकेनन् । आज धनगढी जितसहित प्लेअफमा स्थान बनाउने लक्ष्यमा छ । यता, झापा भने जित निकाल्दै प्रतियोगिताको प्लेअफ सम्भावनालाई कायम राख्न चाहन्छ ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro