site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार नजोडिएको भए दह्रो कदम चालौँ : सांसद पाण्डे

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीको परिवार बदनाम हुँदै आएको बताए । एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न उनले आग्रह गरे । प्रधानमन्त्रीकै परिवार सो प्रकरणमा जोडिएको भए नाटक मात्र हुने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“प्रमको दह्रो कमिटमेन्ट चाहियो । उहाँको परिवार बदनाम हुँदै आएको छ,” समिति सदस्य पाण्डेले भने, “नजोडिएको भए दह्रो कदम चालौँ, जोडिएको भए नाटक मात्र हुन्छ ।”

समिति बैठकमा सांसद राजेन्द्र पाण्डेको भनाइ पढ्नोस्–

– प्रमको दह्रो कमिटमेन्ट चाहियो । उहाँको परिवार बदनाम हुँदै आएको छ । नजोडिएको भए दह्रो कदम चालौँ, जोडिएको भए नाटक मात्र हुन्छ ।
– टंकमणि शर्माको समिति छ । तातेको बेला समिति बनाउने अनि सेलाको बेला रिपोर्ट ल्याउने । अनि, दराजमा थन्काउने काम हुन्छ । 
– सांसदमा ‘डबल’ छ, कतै समिति नबनाई हुँदैन, कतै किन बनाएको नबनाए पनि हुन्छ भन्ने छ । सबै समिति बनाउने भए हाम्रा संयन्त्र के गर्छ ? हाम्रो कर्मचारीतन्त्र निकम्मा हो ? यसमा प्रश्न उठेको व्यक्ति समिति संयोजक छन्, यसले के नतिजा दिन्छ ? 
–भविष्यमा होला, तर अब बन्ने ऐन संशोधन गरेर हिजोको लुपहोल (छिद्र) टाल्न सक्छ ? यो गम्भीर छ । हाम्रो एफडीआई पोलेसीले समस्या सिर्जना गरे समस्या हुन्छ । 
– अब बन्ने दूरसञ्चार ऐनले विगतलाइ कसरी ‘कभर’ गर्छ ? गम्भीर कुरा हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro