site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरणबारे प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, रविले भने– प्रमको आदेशले मात्र मिल्दैन

काठमाडौं । दूरञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा एनसेल प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री उपस्थित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका समिति सदस्य रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका निम्ति छुट्टै समिति किन बनाएको भन्दै प्रश्न गरे । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई नै छानबिनमा सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

समिति बैठकमा सांसदले प्रधानमन्त्रीलाई सोधेका प्रश्न–

Dabur Nepal
NIC Asia

रवि लामिछाने 
– नियामक निकाय छ, तर पनि समिति किन बनाएको ? कानुनानुसार नियामक निकाय दूरसञ्चार प्राधिकरण छ, किन समिति बनाएको ? सिस्टम बलियो नबनाए हामी कोल्याप्स हुनेछौँ ।
–तत्कालीन अर्थमन्त्रीले किन्नेले हैन बेच्नेले दिने भनेजस्तै अहिले पनि त्यस्तै हो कि ? 
– महालेखाको ५५औँ विवरणबाट उहाँले एनसेलको विवरण हटाएको भन्ने छ । उहाँ (टंकमणि शर्मा)लाई किन समिति (एनसेल खरिद–बिक्री प्रकरणबारे छानबिन समिति)को प्रमुख बनाएको ? 
– एनसेल ०८६ मा सकिँदै छ, ५० प्रतिशत नेपालीको स्वामित्व नभए पाँच वर्षपछि आउँदैन । प्रमको आदेशले मात्र मिल्दैन, ऐन हेर्नुपर्छ । 
– सरकारको अधिनमा ल्याउने भए कानुनको लुपहोल (छिद्र) चेन्ज गर्नुपर्छ । सकिनअघि, एक हप्ताअघि सेयर खरिद–बिक्री भन्ला, यो चेन्ज गर, आर यु रेडी ? 
– एनसेललाई राजनीतिक दल, प्रशासन, अदालत प्रभावमा पार्छु भन्ने आत्मविश्वास छ । 
– ०४६ सालपछि सुरु गरेको मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य हुन्छ ? 

रघुजी पन्त 
– नेपाल सरकारले सोही मूल्यमा एनसेल किन्न सक्छ कि सक्दैन ? प्रक्रिया र कानुनी ग्राउन्ड छ कि छैन ?
– एनसेल सरकारको हातबाट फुत्कने देख्छु म त । पाँच वर्षपछि नेपालको स्वामित्वमा आउँछ कि आउँदैन ? प्रमले एनसेलमा यो कमिटमेन्ट (प्रतिबद्धता) यहाँ चाहियो । एनसेल रोक्न सक्छौँ कि सक्दैनौँ ? 
– टंकमणि (शर्मा)को क्षमतामा प्रश्न उठेको छ । यो समितिलाई भत्काएर न्यायाधीशको नेतृत्वमा समिति बनाउनुस् । टंकमणिमाथि सार्वजनिक प्रश्न उठेको छ । यसलाई सच्याउनुस् । 
– एनसेलको खरिद–बिक्रीले नेपाल सरकारले गुमाउनुपर्ने हुन्छ । बलियो कानुन बनाऊँ । यसले नेपाल सरकारको एफडीआईसम्बन्धी पोलिसी फेल भएको छ ।

दिलेन्द्रप्रसाद बडू
– प्रम सिरियस हुनुहुन्छ भन्ने बुझौँ । अनुचित काम यसभित्र भएको भए सिरियस हो । सेयर न्यून गरेर राज्यलाई कति घाटा भयो ? नियतवश केही भए क्षम्य हुनु हुँदैन । ढाकछोप गरेर उन्मुक्ति दिने काम नगरौँ । सिस्टममाथि प्रश्न उठाउनेलाई मसला नदिऊँ । त्रुटि हेरौँ र जोसुकै भए पनि कारबाही गरौँ । यसले दूरसञ्चारको भविष्य खतरामा पार्छ । 

दुर्गा राई 
– एनसेल छाडा भएको हो । एनसेल ०६१ सालमा आएर हालसम्म कर छलेको छ । त्यसकारण यो सरकार मात्र जिम्मेवार छैन । वास्तविकता हिजोको आजै आउँछ भन्ने मलाई लाग्दैन । 
– ०६१ सालदेखि हालसम्म छानबिन गर्न हामी सक्छौँ कि सक्दैनौँ ? 
–यो व्यवस्थामाथिको प्रहार हो । सडकमा हुलदंगा गर्ने अनि यता एनसेल केस ल्याउने, के हो योभित्रको प्रपञ्च ?

बलराम अधिकारी
– यो प्रमसँग मात्र सम्बन्धित हो कि अरू मन्त्रालय पनि ? प्रम बाहिर छु भन्ने, अन्य मन्त्रालयलाई थाहा नहुने । प्राधिकरणबाट अनुमति नलिई बेच्ने हिम्मत कहाँबाट आयो ? सरकार, कर्मचारी मन्त्री कसले सहयोग गर्‍यो ? 
– देशको बदनाम गर्ने गरी लगानी सुरक्षा छैन भनेर जाने एनसेल अपराधीकरण नै हो नि । 
– सरकार परिवर्तन हुनेबित्तिकै दौडधुप गर्ने स्वार्थपूर्ति गर्न, किन हुन्छ यस्तो ?
– नेपाल सकारको मातहतमा पाँच वर्षभित्र आउँछ भन्ने छ, ०८६ मा सरकार मातहत ल्याउन सरकारको योजना के छ ? 

मेनुका पोखरेल 
– नियामक निकायबीच सूचना पुर्‍याउने अभाव हो कि ? हामीले यत्रो कुरा समयमा किन थाहा पाउन सकेनौँ ? प्रमलाई गुमराहमा राख्ने काम कसरी भयो ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro