site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदका प्रश्न– एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार जोडिएको आरोप छ नि ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्रीलाई बैठकमा बोलाएको हो ।

बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोधेका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्रीकै परिवारको संलग्नतासम्बन्धी आरोपका विषयमा पनि प्रश्न गरिएको छ ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डलाई समितिका सदस्यले सोधेका प्रश्न–

अजय चौरसिया 
– खरिद–बिक्रीमा ठूलो अन्तर छ । धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ । छानबिन होस् ।

अम्बिका बस्नेत 
– सुशासन कायम गरेर आर्थिक समृद्धितर्फ बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड छ । नेताको परिवारसँग जोडिन्छ । यसमा कति सत्य होला ? 

ईश्वरी न्यौपाने 
– प्रम हुनेबित्तिकै सुशासन मेरो प्रतिबद्धता भन्नुभयो, एक वर्षमा यति धेरै काण्ड भए । कतिपय विषय र काण्ड टुंगो नलाग्दै अर्को आउँछ । अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा भयो, अन्य देशले देख्दा के भन्छ ? 
– प्रमको परिवार यसमा जोडिनुभएको छ भन्ने छ, के हो यो ? वास्तविकता के हो देख्न पाइयोस् ।
– समितिले ढाकछोप गर्छन् कि भन्ने छ ? कसरी स्वीकृति नलिई बिक्री भयो ?

कृष्णगोपाल श्रेष्ठ
– चार समिति जोडिएको छ । चार समितिको चार कुरा आए के हुन्छ ? यसमा लेखा, अर्थ, हाम्रो (राज्यव्यवस्था तथा सुशासन समिति) र शिक्षा समिति जोडिएको छ, यसमा ध्यान दिनुपर्छ ।
–यसमा प्रमको परिवार र प्रमलाई जोडिदिएको छ, के हो ? अबको पाँच वर्षपछि सरकारी हुने भनिएको छ, यो सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? ठ्याक्कै जवाफ चाहियो । यो सिस्टममाथिकै प्रहार हैन र ?

चन्दा भण्डारी 
– एनसेलले पैसा नखाई राजनीतिक दल, कर्मचारीलाई काम हुँदैन भनेको सत्य हो ? किन बेलैमा आजियाटालाई रोक्न किन नसकेको ? 
– डा. अमरेश सिंहले भनेजस्तै छोरी गंगा दाहाल, शेरबहादुर देउवालगायत संलग्न भएको आरोप लाग्दा किन चुप लागेको ? खै खण्डन ? के छ यसमा ? अमरेश गलत भए किन कारबाही नगरेको ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro