site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२४ मा सात अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रुस
फाइल तस्बिर ।

मस्को । रुसले सन् २०२४ मा सात अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रुसी मिसाइल फोर्सका रणनीतिक कमान्डर लेफ्टिनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् ।

रुसबाट प्रकाशित ‘रेड स्टार’सँगको अन्तर्वार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रुसी सेनाले परीक्षण तथा तालिमका निम्ति २० भन्दा बढी  मिसाइल प्रक्षेपण गरेको बताए ।

Dabur Nepal
NIC Asia

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नी पूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आउँदो वर्ष थप सातवटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरे ।

रुस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताए ।

उनका अनुसार रुस र अमेरिकाले एकार्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन छ ।

स्रोतका अनुसार, पूर्वसोभियत संघ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टाअगाडि सूचना लिने–दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा संकेत गर्छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro