site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारको रोजाइमा युवा उमेदवार, समानुपातिकमा शंका
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय भएको छ । गाउँ गाउँमा उमेदवारसँगै राजनीतिक दलका कार्यकर्ता पुग्न थालेपछि राजनीति गर्माएको छ । भर्चुअल वर्ल्ड अर्थात् सामाजिक सञ्जाल पनि यसबाट अछुतो हुने कुरै भएन । 

नेता–कार्यकर्तामात्र नभएर कलाकारलाई पनि चुनाव लागेको छ । केही कलाकार आफैं मैदानमा खटिएका छन् भने केही आफूले समर्थन गर्ने दलका लागि भोट मागिरहेका छन् । केही भने सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।  

नेपाल आइडल पहिलो सिजनका निर्णायक कालीप्रसाद बास्कोटाले आफ्नो फेसबुक एकाउन्टबाटै भोट कसलाई दिने भनेर सार्वजनिक गरेका छन्  ।

KFC Island Ad
NIC Asia

बारम्बार एउटै कुराको प्रयोग गर्दा नतिजा पनि एउटै आउने र नतिजादेखि दिक्क हुने तर नयाँ प्रयोग गर्न डराउँदा आफ्नो निर्णयको बन्दी आफैं भइने भन्दै उनले यसपटक विवेकशील साझा पार्टीलाई भोट दिने बताएका छन् । “मैले पुरानै प्रयोग दोहोर्याउँदा साथीभाइ, इष्टमित्र धेरैजना खुसी हुन्छन्, उनीहरुलाई फाइदा पनि पुग्छ । म कुनै पार्टीको कार्यकर्ता हैन, मलाई राजनीति गर्न आउँदैन । हातमा मतपत्र परेको बेलामा एउटा राम्रो नेतालाई भोट हाल्न सकें भने र एउटा कुशल नेता तयार गर्न सकें भने मेरो राजनीतिक अभिष्ट त्यही पूरा हुन्छ,” उनले फेसबुकमा भनेका छन् ।

गायक बद्री पंगेनीले कम्युनिष्ट गठबन्धको गीत गाएका छन् । राधिका हमालले नेपाली कांग्रेसको गीत गाएकी छिन् । उनीहरु खुलेरै राजनीतिमा लागेका कलाकार हुन् । पार्टीमै पूर्णकालीन कार्यकर्ता भएका कलाकार पनि छन् । करिष्मा मानन्धर नयाँ शक्तिमा छिन् । कोमल वली नेकपा एमालेमा छिन् । रेखा थापा राप्रपा प्रजातान्त्रिकमा छिन् । नायक तथा निर्माता नवल खड्कालाई त माओवादी केन्द्रले उमेदवार नै बनाएको छ । 

Royal Enfield Island Ad

खुलेर पार्टीमा नलागेर मतदातामात्रै रहेका कलाकार भने मतदानलाई लिएर के भन्छन् त ? 

२५ वर्षदेखि नेपाली पप गीतसंगीतको फाँटमा क्रियाशील धिरज राई चुनावलाई लिएर उत्साहित छन् । काठमाडौं क्षेत्र नम्बर एकका मतदाता राई नयाँ विचार भएको नयाँ पुस्तालाई मतदान गर्नुपर्नेमा जोड दिन्छन् । “विचार नयाँ हुनका लागि केही न केही युवा पनि हुनुपर्ने रहेछ,” राई भन्छन्, “पुरानो विचार भन्दा नयाँ विचार भएको व्यक्ति कि झनै नराम्रो हुन्छ कि परिवर्तन नै गर्ने हुन्छ, त्यसैले मेरो भोट नयाँ र युवा उमेदवारलाई नै हुन्छ ।” धिरज पार्टी भन्दा पनि व्यक्ति हेर्ने पक्षमा छन् । 

गायिका सुनिता दुलाल कसलाई भोट दिनुहुन्छ भन्ने प्रश्नमा डिप्लोम्याटिक उत्तर दिन्छिन्– राम्रो उमेदवारलाई । जनताका लागि अहिलेसम्म राजनीतिक दल र नेताहरुले धेरै काम नगरेकोमा उनको असन्तुष्टि छ । काभ्रे घर भएकी दुलाल भन्छिन्, “जनताले मतदान गरे पनि चुनावलाई लिएर त्यति धेरै उत्साह छ जस्तो मलाई लाग्दैन । यो अवस्था आउन नदिनेगरी जनताको काम नेताहरुले गर्नुपर्छ । गुनासो गर्ने ठाउँ छोड्नु हुँदैन ।”

चितवन स्थायी घर भएका संगीतकार अर्जुन पोखरेलको कर्मथलो काठमाडौं हो । अधिकांश समय स्टुडियोमै बिताउने उनी समय निकालेर मतदान गर्नकै लागि चितवन जाँदैछन् । “एक भोटको पनि ठूलो अर्थ हुन्छ निर्वाचनमा एक भोटले पनि हारजीत हुन्छ, त्यसैले म सकेसम्म सबैलाई मताधिकार प्रयोग गर्नुहोस् भन्छु,” चितवन क्षेत्र नम्बर ३ का मतदाता अर्जुन भन्छन्, “निर्वाचनमा देशको मुहार फेर्न सक्ने प्रतिनिधि चुन्नुपर्छ ।  त्यसैले हाम्रा भन्दा राम्रा र आफ्नो पार्टी र सिद्धान्त भन्दा पनि व्यक्ति हेरेर मतदान गर्छु ।”

२०१५ सालको पहिलो चुनाव देखेका वरिष्ठ लोकगायक कुमार बस्नेत अहिले २०७४ सालको चुनावमा पनि मतदान गर्दैछन् । काठमाडौंको बालुवाटारमा बस्दै आएका बस्नेत बिपी कोइराला, टंकप्रसाद आचार्य, सुवर्ण समशेर, भरतमोहन आफ्नो दौतरी रहेको बताउँदै भन्छन्, “जसले राम्रो काम गर्छ, उसैलाई मतदान गर्नुपर्छ ।” 

उनलाई समानुपातिक प्रणालीबाट आउने व्यक्तिप्रति शंका रहेछ । “मेरो भन्दा पनि जनताको बोली बोल्छु म । हामीले प्रत्यक्षबाट राम्रो नेतालाई छानेर पठाएर के गर्नु ? समानुपातिकबाट दलहरुले आफूअनुकूलका व्यक्ति ल्याउँछन् । यो सबैलाई थाहा छ ।” 

मोरङ क्षेत्र नम्बर ४ का मतदाता हुन् कलाकार विपिन कार्की । उनले यो पटक मतदान गर्नकै लागि भनेर मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

“मतदान गर्न जाँदैछु म यो पटक । स्वच्छ छवि भएको व्यक्तिलाई मतदान गर्छु,” विपिन भन्छन्, “जनताका लागि कसले काम गर्न सक्छ, नजिकबाट नियालेर काम गर्ने राम्रो उमेदवारलाई  भोट हाल्नुपर्छ भन्ने मेरो मान्यता छ ।”  

नायक रमेश उप्रेतीलाई राजनीति भनेको सेवाजस्तो लाग्छ । तर, नेता र दलहरुले राजनीतिलाई सेवा भन्दा पनि पेसा बनाएको उनको ठम्याइ छ ।

“हामी टिनेजर हुँदादेखि देश यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भनेर आजसम्म कल्पनामै बाँचिरहेका छौँ । तर आजसम्म केही भएन,” रमेश भन्छन्, “पार्टी, झण्डा र सिद्धान्त त देखाउने दाँत मात्रै हो, यहाँ झण्डा मुनि बसेर जनतालाई लुट्ने मात्रै भए । आजसम्म कोही नेता त्यस्तो देखिएन, जसले राष्ट्र र जनताको सेवा गरोस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro