site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को गरिमा बढाउन सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी र गरिमा बढाउन संसद् सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

१७औँ संघीय् संसद सेवा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले विगतको समीक्षासहित आउँदा दिनमा संसद्लाई प्रभावकारी र गरिमा बढाउन संसद् सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संघीय संसद् सचिवालयलाई प्रभावकारी बनाउन आफूले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । संसद् सेवाको विशिष्ट कार्यप्रणालीले विधायिकीकार्य र संसदीय काम–कारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संघीय संसद्लाई प्रभावकारी बनाउन निजामती कर्मचारी ऐन, संघीय संसद्को सेवा ऐनलाई मिलाएर अघि बढ्नुपर्ने बताए । व्यक्ति नभई संस्थालाई केन्द्रित बनाएर काम गर्न उनले आग्रह गरे । संघीय संसद्ले प्रस्ताव गरेको बजेटलाई अर्थ मन्त्रालयले पारित गर्नुपर्नेमा उनले जोड दिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद् सचिवालयलाई प्रभावकारी बनाउन आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दीर्घसेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । ०५८ मंसिर २८ गते संसद् सेवालाई निजामती सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसर पारेर ०६३ मंसिर २८ गतेदेखि संसद् सेवा दिवस मनाइँदै आएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro