site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा इलाम र वीरगन्ज बराबर
वीरगन्ज । फाइल तस्बिर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलामले अग्रता बनाए पनि जोगाउन भने सकेन ।

१५औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै इलामलाई अग्रतामा राखे । एनएसएलमा पहिलोपटक प्लेइङ–११ मा अवसर पाएका आशिषले सुरज बस्नेतले राइट साइडबाट निकालेको पास नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट टप कर्नर गोल गरे । आशिषले यसअघि इलामले खेलेको पाँच खेलमा जम्मा २८ मिनेटमात्र खेल्ने समय पाएका थिए ।

२०औँ मिनेटमा इलामका ओमार थिओमको भली ‘टार्गेट’ मा रहेन । सुरजले नै गरेको क्रसमा पेनाल्टी बक्सबाट थिओमले भली प्रहार गरे पनि क्रसबार माथिबाट बाहिरिएको थियो ।

३४औँ मिनेटमा हिसन गुरुङले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काए । राइट साइडबाट सुशिल लामाको क्रसमा बक्सभित्र रहेका हिसनले ‘फर्स्ट टच’ गोल गरे ।

प्रतियोगितामा इलामको यो छैटौँ खेल हो । पाँच खेलबाट चार अंक जोडेको इलाम तालिकाको आठौँ स्थानमा छ । वीरगन्जको भने यो पाँचौ खेल हो । चार खेलबाट दुई अंक जोडेको वीरगन्ज तालिकाको नवौँ स्थानमा छ । वीरगन्ज आज पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro