site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीले देशका विभिन्न ठाउँमा जडान गर्‍यो ११ डीसी चार्जर

काठमाडे । बीवाईडी नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्ककले देशका मुख्य मुख्य स्थानमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ ।

नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य सहरहरू पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा जडान गरिएको कम्पनीले जनाएको छ ।

यी चार्जरमध्ये १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने र मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर भएको कम्पनीले जनाएको छ ।

साइमेक्सले यसअघि नै ४० किलोवाटका १४ फास्ट चार्जर जडान गरिसकेको र सोही नेटवर्कलाई थप विस्तार गरिएको जनाएको छ ।

कम्पनीले सन् डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ डीसी फास्ट चार्जर जडान गर्ने बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro