site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गोलरहित बराबरीमै रोकिए झापा र वीरगन्ज

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १० खेलाडीमा सीमित झापा एफसी र वीरगन्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा दुवै टिम पहिलो जित निकाल्न असफल रहे ।

११औँ मिनेटमा झापाका समन्दर ओकिलोभले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई वीरगन्जका गोलकिपर दीप कार्कीले विफल बनाए । झापाका कप्तान लक्ष्मण रुचालले कर्नरबाट निकालेको पासलाई १८ यार्ड बक्सबाहिर रहेका ओकिलोभले ‘फर्स्ट टच’ प्रहार गरेका थिए ।

१२औँ मिनेटमा पोस्ट बाधक बन्दा झापाले अग्रता बनाउन सकेन । समन्दार ओकिलोभले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्किएपछि झापाले अग्रता बनाउन सकेन ।

३२औँ मिनेटमा झापाका कप्तान लक्षम रुचालले गोलको सुन्दर अवसर खेर फाले । मैदानको मध्यभागबाट निकालेको बललाई पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै ‘वान भर्सेस वान’ को अवस्थामा वीरगन्जका कप्तान तथा गोलकिपर दीप कार्कीलाई ‘बिट’ गर्न सकेनन् ।

४३औँ मिनेटमा झापाका ओर्गे सान्चेजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पुनः दीपले जोगाए । डिफेन्स लाइनबाट छिरिङ लामाले निकालेको क्रसलाई नियन्त्रणमा लिँदै सान्चेजले गरेको बलियो प्रहारलाई दीपले पन्च गरी बाहिर फ्याके । 

पहिलो हाफमा झापाको निरन्तर दबाब झेलेको वीरगन्जले गतिलो आक्रमण बनाउन सकेन । 

तर, दोस्रो हाफमा भने सुरुआतदेखि नै वीरगन्जले आक्रमण बुन्यो । ४७औँ मिनेटमा वीरगन्जका कृपाकान्त थारुको प्रहार पोस्टमा लागेर फर्कियो । राइट साइड बक्स बाहिरबाट कृपाले गरेको प्रहार बारमा लागेर फर्किएको थियो । सोही रिबाउन्डमा ६ यार्ड बक्सबाट ओबेड ओसुउको प्रहारलाई झापाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

५१औँ मिनेटमा विलियम ओपुकु औसेडुले लेफ्ट साइडबाट निकालेको क्रसमा पेनाल्टी बक्सभित्र रहेका ओसुउले गरेको प्रहार आकासिदा पुनः वीरगन्जले अग्रता बनाउन सकेन ।

७३औँ मिनेटमा योगेश गुरुङले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि झापा १० खेलाडीमा समेटिएको थियो । मैदानको मध्य भागमा झापाका सुदीप श्रेष्ठले गरेको गल्तिको फाइदा उठाउँदै वीरगन्जका ओपुकु औसेडु एक्लै बल अघि बढाउँदा झापाका सबै रक्षक अघि बढेका थिए । ओपुकुलाई पछाडीबाट तानेपछि रेफ्री राम दसनले योगेशलाई सोझै रातो कार्ड देखाएका थिए ।

९०औँ मिनेटमा वीरगन्जका तेज तामाङको फ्रिकिकमा पुनः पोस्ट बाधक बन्यो । झापाका छिरिङ लामाले ओपुकु औसेडुलाई १ यार्ड बक्सबाहिर लेफ्ट साइडमा लडाएपछि वीरगन्जले फ्रिकिकको अवसर पाएको थियो । जसमा तेजले गरेको प्रहार माथिल्लो बारमा लागेर बाहिरिएको थियो ।

इन्जुरी समयमा झापाका उज्वल राईले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर फर्किदा खेल बराबरीमै टुंगियो ।

बराबरीसँगै चार खेलबाट तीन अंक जोडेको झापा तालिकाको आठौं स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro