site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफले गर्‍यो  ६९ अर्ब ६२ करोडको दाबी भुक्तानी 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत पाँच अर्ब ६८ करोड रुपैयाँ, परिपक्व दाबी भुक्तानी बापत १९ अर्ब ७८ करोड रुपैयाँ  र अग्रिम दाबी भुक्तानी बापत २३ अर्ब ४४ करोड रूपैयाँको दाबी भुक्तानी गरेको हो ।

असोज मसान्तसम्ममा १३ हजार ५१२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरिसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ‘कन्भेन्सनल’ प्लान अन्तर्गत ११ शजार १७७ जनालाई तीन अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ दुई हजार ३३५ जनालाई एक अर्ब ९७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।  

Dabur Nepal
NIC Asia

यस कम्पनीले आफ्नो दाबीप्रक्रियालाई एकदम सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको पनि बताएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फर्छ्योट भइसकेको कम्पनीले जनाएको छ ।

सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी तीन कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानीे ७ कार्य दिनभित्र नै भुक्तानी गर्ने कम्पनीले प्रबन्ध मिलाएको जानकारी दिएको छ ।  अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ ।

कम्पनी १०० प्रतिशत दाबीयथाशिघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केहि दाबी भुक्तानी गर्न ढिलाई भएको बताइएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरूलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

आर्थिक वर्ष २०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्न सफल भएको कम्पनीको दाबी छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro