site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीलाई छुटाउने प्रयास जारी छ : परराष्ट्रमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले युक्रेनी सेनाको कब्जामा रहेका दुईजना नेपालीलाई छुटाउने प्रयास भइरहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री साउदले उक्त जानकारी दिएका हुन् ।

“युक्रेनमा दुईजना युद्ध बन्दी रहेको कुरा छ । दिल्लीस्थित दूतावबासबाट काम गरिरहेका छौँ । आवश्यक समन्वय गरेर रिहाइका लागि काम भइरहेको कुरा जानकारी गराउँछु,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनका अनुसार रुस सरकारले अहिले नेपाल सरकारसँग संवाद गरेको छ । नेपालले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको छ ।

विपिन जोशीको प्रसंगमा मन्त्री साउदले आफूले समितिको बैठकमा आउनुअघि इजरायलमा टेलिफोन गरी पछिल्लो अवस्थाबारे बुझेको जानकारी दिए ।

“मैले आफ्नो सरोकार राखेको छु । भोलि दोहा फोरमममा भाग लिन कतार जाँदै छु । त्यहाँ पनि हमाससँग सहजीकरण गरिरहेकाहरूसँग संवाद गर्ने छु र जोशीको विषयमा कुरा गर्ने छु,” उनले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro