site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से करिब १२ अंकले बढ्यो, दुई अर्बभन्दा बढीको सेयर कारोबार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से १८५२.७७ विन्दुमा रोकिएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार दुई अर्ब ७९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज ग्लोबल आइआएमई लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ६७ रुपैयाँ गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य ७९१ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

Royal Enfield Island Ad

कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

२९९ धितोपत्रका ९५ लाख पाँच हजार ६०८ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro