site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल सुपर लिग : मैदानमा दुई इलाम !
Sarbottam CementSarbottam Cement

काठमाडौं । यकिन तथ्यांक त छैन तर नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा सबैभन्दा धेरै गोलका अवसर गर्ने क्लब नै मुख्य प्रशिक्षक मेघराज केसीको टिम हो । मेघराज केसी अर्थात् पूर्वेली टोली स्पोर्टिङ इलाम डे मेची एफसी ।

एनएसएलको दोस्रो संस्करणमा सबैभन्दा रोमाञ्चक टिम नै इलाम भन्दा फरक पर्दैन । परोस् पनि कसरी ? प्रदर्शन हेर्दा लाग्छ, इलामले सायदै हार्छ । तर, नतिजा भने बिल्कुल फरक छ । दोस्रो संस्करणमा चार खेल खेलिसक्दा इलामले एकपटक मात्र जितको स्वाद चाखेको छ ।

चार खेलमै इलामको प्रदर्शन कमजोर टिमको जस्तो छैन । सन् २००८ देखि २०१४ सम्मै स्पेनको टोली यस्तै थियो । हारे पनि स्पेनको प्रदर्शनमा प्रश्न उठाउने मुस्किलले भेटिन्थे । अहिले इलाम त्यस्तै छ, नतिजा सन्तोषजनक नभए पनि प्रदर्शनले मन जितिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

pokhara-1701868320.jpg

मैदानमा दुई इलाम !

Global Ime bank

एनएसएलको आफ्नो चौथो खेलमा बुधबार इलामले पोखरा थन्डर्सविरुद्ध १–० को हार बेहोर्‍यो । खेलको ४७औँ मिनेटमा पोखराका सञ्जीव विष्टले गरेको गोल इलामलाई निराश बनाउन पर्याप्त रह्यो । 

यो खेलमा पनि इलामेली टिम सदाझैँ विकेश कुथुको कप्तानीमा मैदान उत्रिएको थियो । तर, मैदानमा दुईवटा इलाम देखिए । पोखराविरुद्ध पहिलो हाफको इलाम र १५ मिनेटको ‘ब्रेक’ पछि आएको दोस्रो हाफको इलाम बिल्कुलै फरक थियो । पहिलो हाफमा मैदानमा पोखराका खेलाडी मुस्किलले बल नियन्त्रणमा राख्न सफल हुन्थे । 

एनएसएलको आधिकारिक तथ्यांकले नै पहिलो हाफमा इलामले नौ आक्रमण बुनेको देखाएको थियो । जसमध्ये तीनवटा प्रहार जालीमै लक्षित रह्यो । 

छैटौँ मिनेटमा इब्राहिम जितेको क्रसमा ओमार थिओमको हेडर क्रसबाट बाहिरियो । २९औँ मिनेटमा अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कामाराले ‘फर्स्ट टच’ प्रहार गरे पनि सेकेन्ड बार नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा इलामका ओमार थिओमले बक्सबाहिरबाट गरेको सशक्त सोझो प्रहार गुइलियम प्रिसोले सहजै बचाउँदै पोखराको खतरा टारेका थिए । यी सबै पहिलो हाफमा इलामले पोखराविरुद्ध बनाएका आक्रमणको केही उदाहरणमात्र हुन् ।

४५ मिनेटसम्म दर्शकलाई हौसला दिनसक्ने आक्रमण पोखराले बुन्नै सकेन । हुन त इलामले हालसम्म निरश प्रदर्शन गरेको छैन । तर, पोखराविरुद्ध पहिलो हाफको प्रदर्शन अझ उम्दा थियो । तर, खोट भने पुरानै, ‘फाइनल थर्ड’ को प्रभावविहीन ‘फिनिसिङ’ ।

दोस्रो हाफमा बिल्कुलै अलग । पोखराले इलामको स्वरूप लिँदा इलाम भने पहिलो हाफको पोखराको स्वरूप लियो । अच्चमै लाग्ने गरी इलामको प्रदर्शन बद्लियो । अनि त्यसै गरी पोखराको पनि । 

फुटबलमा एउटा अवसरको सदुपयोग नै जित र हारको साँघुरो अन्तर बनेका धेरै उदाहरण छन् । पहिलो हाफमा रवाफपूर्ण दबाबमा राखेको इलामले दोस्रो हाफमा पोखराबाट चर्को दबाब बेहोर्‍यो । पोखराले त्यही एक अवसरको सदुपयोग गर्‍यो ।

Ilam_pokhara-1701864535.jpg

“दोस्रो हाफको सुरुआतमै उनीहरूको स्कोर निस्कियो । उताको स्कोर आउँदा हाम्रो टिमको खेलाडीलाई गोल हान्न हतार भयो । एउटा सिस्टममा खेलेर कम्बिनेसन मिलाउँदै अवसरहरू बनाएका थियौँ, त्यो भन्दा सबैलाई गोल हान्न हतार भयो । यही हतारोले दोस्रो हाफमा खेल खस्किएको देखियो,” हारपछि दोस्रो हाफको प्रदर्शनबारे इलामका प्रशिक्षक केसीले यसरी स्पष्ट पारे ।

दोस्रो हाफमा इलामका खेलाडीलाई पोखराले बल नियन्त्रणमा राख्ने अवसर नै दिएन । पाएका अवसरमा पनि इलामेली टोलीले खेल नियन्त्रण गर्ने मनसाय देखाएन ।

खेल समाप्त हुँदा एनएसएलको तथ्यांकअनुसार पोखराले दोस्रो हाफमा पाँच आक्रमण बनायो । जसमध्ये दुई लक्ष्यमा थिए । त्यसमध्ये पनि एउटा आक्रमणले जाली चुम्यो । यही एउटा गोलले तीन अंक दिलाउन पोखरा शीर्ष स्थानमा उक्लियो । चार खेल खेलेको पोखराको खातामा आठ अंक छ ।

‘गेम चेन्जर आयुश’

दोस्रो हाफको सुरुआतमै पोखराले सुन्दर अवसरमा अग्रता बनाउन सकेन । लेफ्ट साइडमा सञ्जीव विष्टको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रबाट मोसेस त्वमले गरेको सशक्त प्रहार पोस्टमा लागेर घुम्दा इलामको गोललाइनबाट बाहिरिएको थियो । त्यसको अर्को मिनेटमा नै पोखराले अग्रता बनायो ।

पोखराका लागि गोल सम्भव बनाउने खेलाडी थिए, आयुश घलान । ‘मार्की’ खेलाडीसमेत रहेका आयुश टिमको पहिलो रोजाईमा थिएनन् । दोस्रो हाफमा प्रवेश लगत्तै आयुशले आफू किन ‘मार्की’ भएको पुष्टि गरे । ४७औँ मिनेटमा आयुशकै कर्नरलाई सञ्जीवले पोस्टको दिशा दिएका थिए ।

Ilam_Pokhara1-1701868708.jpg

“मुख्य भनेको हाम्रो खतरा खेलाडी आयुश घलान । उनी छिर्नेबित्तिकै हाम्रो टिम चेन्ज भइहाल्यो । पहिलो हाफमा बल राख्ने मान्छे थिएन । त्यसपछि आयुश घलान गए, सेट पिसमा हामीले गोल पनि निकाल्यौँ । इलाम अत्तालिन थाल्यो । उनीहरूको आन्तरिक द्वन्द सुरु भयो । यसले हामीलाई जित्न सहज बनायो,” पोखराका सहायक प्रशिक्षक राजेन्द्र तामाङले टिमका मुख्य खेलाडी आयुश घलानको प्रशंसामा शब्द खर्चिन पछि परेनन् ।

तर, सहायक प्रशिक्षक तामाङ पनि मान्छन्– पहिलो हाफमा इलामले चर्को दबाब दियो । त्यसैले तामाङले पहिलो हाफमा इलाम हरेक पक्षमा राम्रो भएको भन्न हिचकिचाएनन् ।

“पहिलो हाफ राम्रो भएन । हामी एक–अर्कासँगै बहस गर्न थाल्यौँ । इलामले हामीलाई दबाब दिएको दियै गर्‍यो । उनीहरूको बल पोसेसन पनि राम्रो थियो । आक्रमण पनि राम्रो थियो । हरेक पक्ष राम्रो थियो,” तामाङले थपे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement