site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन लगातार बढिरहेको छ सुनको मूल्य ? के अझै बढ्ला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । केही दिनयताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो ।

सोमबार सुनको मूल्यले प्रतितोला एक लाख २१ हजार १०० रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर, मंगलबार तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ ।

तर, सुनको मूल्य अझै बढ्ने व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कार्तिकमा सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार सुनको मूल्यमा गिरावट हुँदै आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, पछिल्लो दुई हप्ता लगातार सुनको मूल्य उच्चरूपमा बढिरहेको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरूले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रूपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरू बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरूको ध्यान सुनमा गएकाले सुनको मूल्य वृद्धि भएको बताए । उनले दुई, तीन हप्तादेखि उच्चरूपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए ।

Global Ime bank

उनका अनुसार विश्वका ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रूपमा सुनमा लगानी बढाइरहेका छन् । अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्ब बैंकले केही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णय गरेपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए ।

"विश्वका शक्तिशाली देशहरू युद्धहरूमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु, विश्वव्यापी रूपमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरू फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ," उनले भने ।

अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलबार मूल्यमा गिरावट आएको उनको भनाइ छ । उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताए ।

उनका अनुसार नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने थियो । तर, अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोमा झरेको थियो । अहिले दैनिक १० केजी मात्रै खपत भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement