site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा विधानसभा निर्वाचन : मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा बीजेपी, तेलंगानामा कांग्रेसको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका चार राज्यको विधानसभा निर्वाचन २०२३ अन्तर्गत तीन वटामा भारतीय जनता पार्टी (बीजेपी)को अग्रता छ ।

विधानसभा चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा बीजेपीले अग्रता बनाएको हो । तेलंगानामा भने भारतीय राष्ट्रिय कांग्रेस (एनआईसी)को अग्रता रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो नतिजाअनुसार मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा बीजेपीले १५६ सिटमा र कांग्रेसले ७१ सिटमा अग्रता बनाएको छ ।

राजस्थानमा १९९ सिटमध्ये ११० मा बीजेपी र ६८ सिटमा कांग्रेसको अग्रता रहेको छ ।

Global Ime bank

यस्तै, ९० सिट रहेको छत्तीसगढमा बीजेपीको ४७ सिटमा अग्रता र कांग्रेसको ४२ सिटमा अग्रता रहेको आजतकले जनाएको छ ।

११९ सिट रहेको तेलंगानामामा भने ६८ सिटमा कांग्रेसको अग्रता रहेको छ । बीजेपीको अग्रता आठ सिटमा मात्रै छ ।

सबै प्रदेशमा बीजेपी र कांग्रेसबाहेक केही सिटमा अन्य साना पार्टीहरूको अग्रता रहेको छ । यी चार राज्यमध्ये अहिलेसम्मको अग्रताअनुसार आँकलन गर्दा बीजेपीले तीन र कांग्रेसले एक राज्यमा जित हात पार्नसक्ने देखिएको छ ।

बीजेपीले तीनवटै राज्यमा अग्रताका हिसाबले बहुमतको आँकडा समेत पार गरिसकेको छ । चुनावको नतिजा आजै घोषणा हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय