site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिबाट बिदा हुनुपर्ने भएकाले राष्ट्रपति पद स्वीकार गरिनँ : माधव नेपाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कार्य उपयुक्त नभएको बताएका छन् । मंगलबार (चैत २६) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले राष्ट्रपति/उपराष्ट्रपति पद सक्रिय राजनीतिभन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गरिनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनले बताए । “पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा लागिसकेपछि त अब अर्को ढंगले सोच्नुपर्छ,” उनले भने, “पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरिको दिने सुविधा र लागिसकेपछिको सुविधामा फरक हुनुपर्छ ।”

उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि उक्त पद स्वीकार नगरेको सुनाए । “...सक्रिय राजनीतिबाट बिदा हुने कुरा सोचेको हो,” उनले भने, “त्यही भएर पनि मैले राष्ट्रपति पदलाई स्वीकार नगरेको कारण त्यो हो ।” 

भारतले नेपालमा राजसंस्था पुनर्स्थापना प्रयासमा आफ्नो कुनै संलग्नता नभएको भनेको उनले उल्लेख गरे । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि त्यसबारे प्रस्ट पार्नुपर्ने उनले बताए ।

“उत्तर प्रदेशका मुख्यमन्त्रीको नाम जोडियो, उहाँले त्यसबारेमा खण्डन गरिदिनु राम्रो हुन्छ,” उनले भने, “यस्ता कुरामा उहाँले नलाग्नु र उहाँको नाम मुछिँदाखेरि त्यसको खण्डन गर्नु राम्रो हुन्छ ।”

अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्कने भन्दै राणाशासन पनि फर्किन्छ र ? भनेर प्रश्न गरे ।

विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्न उपयुक्त हुने बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro