खेल
काठमाडौं । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सामाजिक सञ्जालमार्फत अर्को वर्षको फेब्रुअरीमा लिग–२ अन्तर्गतको श्रृंखला आयोजना गर्ने जनाएको हो ।
श्रृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । क्यानका अनुसार श्रृंखला फेब्रुअरी १७ देखि सुरु हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १५:०४
प्रतिक्रिया दिनुहोस्