अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।
छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्