site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मन नै ‘आनन्द’ हुने एउटा खेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोलका अवसर मात्र सम्झिए पनि एक दर्जनभन्दा बढी । मैदानमा दर्शकको उपस्थिति उल्लेख्य थिएन, तर जति थिए, उनीहरूका निम्ति खेल ‘पैसा असुल’ रह्यो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीचको खेलले साँच्चै नेपाल सुपर लिग (एनएसएल) किन फरक छ भन्ने देखाइरहेको थियो । दुई पूर्वेली क्लबबीचको भिडन्तमा इलामले नतिजा १–० ले आफ्नो पक्षमा पार्‍यो ।

पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग पराजित इलामलाई यो पहिलो अंक समेत थियो । झापाले भने अपत्यारिलो हार व्यहोर्‍यो । जे होस्, ‘पूर्वेली डर्बी’ले दिएको रोमाञ्चकता घरेलु फुटबलमा नेपाली दर्शकले विरलै पाउने सन्तुष्टि थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“साँच्चै एउटा क्वालिटीको खेल सबैले हेर्न पाउनुभयो । म प्रशिक्षकको भूमिकामा थिएँ, तर खेलमा दुवै टिमले पाएका अवसर हेर्दा नेपाली दर्शकले विरलै यस्तो खेल हेर्न पाउँछन् जस्तो लाग्यो । मन नै आनन्द हुने खेल थियो,” जितपछि प्रफुल्लित इलामका मुख्य प्रशिक्षक मेघराज केसीको प्रतिक्रिया थियो ।

efmdkg-1701158438.jpg

Global Ime bank

झापा र इलामको खेलले साँच्चै ‘डर्बी’लाई न्याय गरेको थियो । खेल खासमा ‘हाई स्कोरिङ’ हुनुपर्ने थियो । तर, विकेश कुथु (इलामका गोलकिपर) र स्टेफन कुपिक (झापाका गोलकिपर)ले त्यो सम्भावनालाई टार्न खुबै मिहिनेत गरे । प्रदर्शन दाँज्ने हो भने विजयी र पराजित टिमका गोलकिपरबीच सायदै फरक होला ।

६८औँ मिनेटमा कुपिकले एकैपटक तीन बचाउ गर्नु र इन्ज्युरी समयमा झापाको हेडरलाई असहज परिस्थितिबीच असफल पार्नु खेलकै सबैभन्दा ‘उच्च विन्दु’ थिए ।

“ठ्याक्कै यतिवटा भन्ने त थाहा भएन, त्यसको लागि भिडियो हेर्नुपर्छ । तर, धेरै सेभ गरेजस्तो लाग्छ,” आज कतिवटा मौका विफल बनाउनुभयो भन्ने प्रश्नमा इलामका गोलकिपर विकेशले भने, “अन्तिम समयमा त्यो हेडिङ बचाउनुचाहिँ सबैभन्दा राम्रोजस्तो लाग्छ, कठिन अवस्थामा बचाएको भएकाले ।”

पहिलोभन्दा दोस्रो हाफ तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक रह्यो । घरेलु फुटबलमा लामो समयदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका केसीले प्रतियोगिताअघि नै विदेशी खेलाडी ‘फ्याक्टर’ बन्ने दाबी गरेका थिए । त्यस्तै देखियो पनि, सोमबार झापाका ओर्गे सान्चेज र इलामका अमाथ ड्व खेलको केन्द्र थिए ।

ड्वले खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा इलामेली टिम ‘डगआउट’को सन्नाटा र झापाली डगआउटको खुसी बेग्लै थियो । इलामका प्रशिक्षक केसीले ड्वको यो प्रहार हेर्न सकेनन् । उनी पेनाल्टीको समयमा दर्शकतिर फर्किएर बसेका थिए ।

“मेरो पछाडि पनि आँखा छ,” पेनाल्टी प्रहार गर्दा किन दर्शकतिर फर्किनुभयो भन्ने प्रश्नमा केसीले भने, “कस्तो भने, त्यहाँ पेनाल्टी भयो, म त्यहाँ तनावमा भने थिइनँ । म गेम इन्जोय गरिरहेको थिएँ । पेनाल्टी हेर्दा लक लाग्छ कि भन्ने थियो ।”

ड्वको प्रहार आकाशिँदा झापाका गोलकिपर कुपिकले फिफा विश्वकप–२०२२ को फाइनलपछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोब्स’ पाउँदाको जस्तै ‘सेलिब्रेसन’ गरेका थिए ।

तर, झापाको यो खुसी लामो समय टिकेन । पेनाल्टी चुकाएको अर्को मिनेटमा ड्वले नै आफ्नो गल्तीको भर्पाइ गरे ।

काउन्टरमा फोडे कामाराले एक्लै बल बढाउँदै पेनाल्टी क्षेत्रमा भरत खवासलाई खोजेका थिए । भरतले निकालेको पासमा ड्वले सशक्त प्रहार गरे पनि झापाका गोलकिपरले त्यसलाई बचाएका थिए । तर, सोही रिबाउन्डमा ड्वले नै बललाई जाली चुमाएपछि इलामले ‘डेडलक’ तोडेको थियो । गोलपछि इलामको डगआउट नै मैदानको दायाँतर्फ खुसियाली मनाउन पुगेको थियो ।

qfmdg-1701158518.jpg

यस्ता थिए अवसर
११औँ मिनेटमा झापाका ओर्गे सान्चेजले अग्रताको सुन्दर अवसर खेर फाले । छिरिङ लामाले राइट साइडबाट निकालेको लामो पासलाई मध्यभागबाट नियन्त्रणमा लिएर अघि बढाए पनि इलामका गोलकिपर विकेशसँग ‘वान भर्सेस वान’मा गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो ।

२९औँ मिनेटमा इब्राहिम जितेले लेफ्ट साइडबाट गरेको सशक्त प्रहार टार्गेटमा रहन नसक्दा स्पोर्टिङ इलामले अग्रता बनाउन सकेन । ४४औँ मिनेटमा अञ्जन विष्टको हेडर बारमा लागेर फर्कंदा झापाले अग्रताको सुन्दर अवसर गुमायो । राइट साइडबाट छिरिङले गरेको क्रसमा १८ यार्ड बक्सभित्रका अञ्जनको सुन्दर हेडर बारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमै ड्वले गोलको मौका खेर फालेपछि इलामले अग्रताको अवसर गुमाएको थियो । खवासले लेफ्ट साइडबाट गरेको क्रस पेनाल्टी क्षेत्रमा नियन्त्रणमा राखे पनि बल धेरै अघि बढाउँदा झापाका गोलकिपर कुपिकले अगाडि बढेर खतरा टारे ।

५४औँ मिनेटमा झापाका ओर्गे सान्चेजले गोलको अर्को सुन्दर मौका खेर फाले । लेफ्ट साइडबाट सुरज विष्टले गरेको क्रसमा सान्चेजको हेडर गोलकिपर विकेशले मुस्किलले बचाएका थिए । लगत्तै अर्को मिनेटमा सान्चेजले नै गोलको अर्को मौका पनि सदुपयोग गर्न सकेनन् । अञ्जनले पेनाल्टी बक्सबाहिरबाट आभास लामिछानेलाई बल निकालेका थिए । आभासले बल नियन्त्रणमा राख्दै पेनाल्टी बक्सभित्रै रहेका सान्चेजलाई पास दिए । उनको पहिलो प्रयास पुनः एकपटक इलामका कप्तान विकेशले विफल बनाए ।

fgdfdgm-1701158592.jpg

६२औँ मिनेटमा इलामका ड्वले अग्रताको अवसर खेर फाले । दिपेश घलेले रक्षापंक्तिको राइट साइडबाट निकालेको पासलाई नियन्त्रणमा राख्दै ड्वले झापाका दुई रक्षकलाई बिट गर्दै गरेको ‘लोअर’ प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो ।

६८औँ मिनेटमा प्रहार बारमा लागेर फर्किएपछि इलाम पुनः अग्रता लिनबाट चुकेको थियो । आशीष गुरुङले लेफ्ट साइडबाट गरेको क्रसमा अब्डोल्गे बाको भली पोस्टमा लागेर फर्किएको थियो । सोही रिबाउन्डमा फोडे कामाराले गरेको प्रहार झापाका गोलकिपर स्टेफन कुपिकले बचाएका थिए । पुनः आएको रिबाउन्ड फोडेले बक्सभित्रका दिपेशलाई निकालेका थिए । पहिलो टचमै पोस्टको दिशा दिन खोजे पनि दिपेशको प्रहार बारमाथिबाट बाहिरिएपछि झापाको खतरा टरेको थियो ।

७०औँ मिनेटमा झापाका सान्चेजको प्रहारले जाली चुम्न सकेन । समन्दर ओकिलोभ निकालेको बल १८ यार्ड बक्सबाट नियन्त्रणमा लिँदै सान्चेजले ‘टर्न’ गरेर लिएको प्रहार विकेशले मुस्किलले जोगाए ।

८२औँ मिनेटमा ड्वले पेनाल्टी सदुपयोग गर्न नसक्दा इलामले अर्को सुनौलो अवसर खेर फाल्यो । झापाका योगेश गुरुङले १८ यार्ड बक्सभित्र खवासलाई लडाएपछि इलामले पेनाल्टीको अवसर पाएको थियो । तर, ड्वले त्यसको सदुपयोग गर्न नसक्दा इलामले अग्रताको अवसर खेर फालेको थियो ।

इन्ज्युरी समयमा प्रदीप लामाको हेडर इलामका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गर्दै खेलमा फर्कने झापाको सम्भावनालाई टारेका थिए ।

idsfmg-1701158658.jpg

‘एनएसएलका कुनै टिम कमजोर छैन’
नेपाली फुटबलको कमजोरी निर्धक्कसँग बताउने केसी तिनै प्रशिक्षक हुन्, जो सहजै आफ्नो सन्तुष्टि र असन्तुष्टि पोख्छन् ।

“अहिलेसम्म आउँदा हामीले नौवटै टिमको खेल हेर्‍यौँ, सबै एकदम कठिन छन् । मैले अहिलेसम्म यो कमजोर छ भन्ने पाएको छैन । साँच्चिकै नेपाली दर्शकहरूले योपालि राम्रो फुटबल हेर्न पाइरहनुभएको जस्तो लाग्छ,” केसीले भने ।

झापाका प्रशिक्षक ओरियोल मोहेदानो सेगुरा यो खेलले एनएसएलको अर्थ प्रस्ट्याउने प्रतिक्रिया दिए ।

“खेलको अन्तिम ह्विसिलपछि छिटै यहाँ आउँदा खेलको भावना अझै छ । मुटुको धड्कन अझै उच्च छ । यो भनेको भर्खरै भएको खेलको दबाब र क्वालिटीको लक्षण हो,” स्पेनिस प्रशिक्षक सेगुराले भने, “पक्कै पनि म थोरै निराश महसुस गरिरहेको छु, तर यो खेलले एनएसएलको अर्थ के हो भन्ने देखाउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय