site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुस ५ देखि १६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो’ हुने

काठमाडौं । मोरङ व्यापार संघको आयोजनामा पुस ५ गते देखि १६ गतेसम्म विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ आयोजना हुने भएको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले अन्तराष्ट्र्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रदर्शनीले केही मात्रामा भए पनि बजार चलायमान हुने बताए । अध्यक्ष रिजालले औद्योगिक क्षेत्रमा भइरहेको नवीनतम् प्रविधिको प्रयोगबारे जानकारी गराउन, कृषि क्षेत्रको व्यावसायीकरण गर्न तथा उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रदर्शनी करिब चार लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अध्यक्ष नवीन रिजालले बताए ।

१० दिनसम्म आयोजना हुने प्रदर्शनीमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादनलगायतका २५० वटा स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro