site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयद्वारा राष्ट्रिय कर दिवस, २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमईलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिलाको कदरस्वरूप सम्मानपत्र प्रदान गरे ।

ग्लोबल आइएमई विभिन्न सूचकमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ ।

सन् २००७ मा ग्लोबल आइएमईले वाणिज्य बैंकका रूपमा बैंकिङ कारोबार थालेको थियो । ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro