site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वन उपभोक्ता समूहका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत तीनजनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ९ लाख १३ हजार २८० रुपैयाँको सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका सचिव संगीता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईं रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरूसँग ९ लाख १३ हजार २८० रुपैयाँ बिगो दाबी गरिएको छ । 

समूहका अध्यक्ष समेतले हिसाब किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा उनीहरूले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी ९ लाख १३ हजार २८० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro